0 COMMENTS

Daura-300x162काठमाडौं, ७ मंसिर । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।

भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पाेरेशनले उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।

वन तथा भू-संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा कर्पाेरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पाेरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।