0 COMMENTS

sherBahadur_Deubaनेपालगन्ज, ७ मंसिर / नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताए । ‘संविधानमा नमिलेका कुरा व्यवस्थापिका–संसद्बाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वातावरणलाई सहज बनाउँदैन,’ भने ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले भने, ‘वर्तमान सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेकाले आपूर्ति व्यवस्था जटिल र कमजोर हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।