0 COMMENTS

मङ्सिर ६, महोत्तरी । धनुषाको ढल्केवरमा आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी गरेका छन् ।

गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा आन्दोलनकारीले एउटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेका हुन् ।

धनुषाको महेन्द्रनगर सखुवा बजारबाट राँगा लिएर काठमाडौँका लागि छुटेको ज४ख ६२६ नंको ट्रकमा राँगा झारेर आगजनी गरेको मोर्चाले जनाएको छ ।

यस्तै मोर्चाका कार्यकर्ताले इन्धनको तस्करी गर्ने गरेको भन्दै ज४प ६६६८ नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । शनिबारदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाइकलमा आगजनी गरेका ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।