0 COMMENTS

मंसिर ६, काठमाडौं । सप्तरीमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच मध्येराति झडप भएर मर्नेको संख्या ३ पुगेको छ । घटनापछि बिहानै देखि आन्दोलनकारी पर्दर्शनमा उत्रिएका छन् । जसको कारण पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।

पूर्वबाट काठमाडौंका लागि छुटेका तथा काठमाडौंबाट पूर्वका लागि छुटेका सयौं सवारी बीच बाटोमै अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर बीरेम राम, नागेश्वर यादव र श्रवण साफीको ज्यान गएको छ । साथै दर्जनौं घाइते भएका छन् ।

राति स्कटिङमा ल्याउने तयारी गरेर ल्याइएका सवारी साधनहरु इटहरीमा रोकिएका छन् । अहिले त्यहाओ स्थिति तनावग्रस्त छ । सप्तरीको रुपनीमा आन्दोलनकारीले स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेका छन् । विरोध प्रदर्शन गर्दै आएका आन्दोलनकारीले प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।