0 COMMENTS

Giriraj-Mani-Pokharelकाठमाडौं, ६ मंसिर /शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिमा राष्ट्रसेवक कर्मचारी र नीति निर्माताका छोरा छोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने नीति सार्वजनिक ल्याउन लागेको बताएका छन् ।

हिमालयन टेलिभिजनका लागि पत्रकार नारायण पौडेलले लिएको अन्तरवार्तामा उनले छिटै त्यस्तो नीति आउने जानकारी दिएका हुन् । उनले शिक्षा नीति मार्फत यस्तो योजना ल्याइने बताएका छन् । आफूले सार्वजनिक गरेको प्रतिबद्धता पत्रबारे जानकारी दिँदै उनले भनेका छन्, ‘हाम्रा नीति निर्माताहरु, राजनीतिज्ञहरु, कर्मचारीहरु,शिक्षकले आफ्नो केटा केटीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्छ ।’
उनका अनुसार राजनीतिज्ञ र कर्मचारीको उच्च तहले पनि अब सार्वजनिक विद्यालयमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्नछ । उनले यस विषयमा सरकारले छिट्टै निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।