0 COMMENTS

banner-governerकाठमाडौं, ६ कात्तिक । सत्तारुढ दल एमाले समर्थित कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई कार्यलयमै
घेराउ गरेको विषयमा कांग्रेसले सरकारसँग जवाफ मागेको छ।कांग्रेसले शनिबार आयोजना गरेको छलफलमा मुख्य सत्तारुढ दल एमाले समर्थित कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई कार्यलयमै घेराउ गरेको विषयमा कांग्रेसले सरकारसँग जवाफ मागेको हो।

बैठकमा सहभागी एक सदस्यका अनुसार कांग्रेसका नेताहरुले भूकम्प र नाकाबन्दीले अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेका बेला सरकारमा सहभागी दलनिकट कर्मचारी युनियनले तलब सुबिधा बढाउन दबाब दिएर घेराउ गरेको विषयलाई गम्भीर रुपमा उठाएका थिए।एमाले युनियनबाट यस्तो गतिविधि हुँदा सरकार मुकदर्शक भएर रमिता हेरेको आरोप नेताहरुले लगाएका थिए।युनियनका कर्मचारीले गत बिहीबार गभर्नरलाई १० घण्टा भन्दा बढी समय कार्यकक्षमै थुनेका थिए। एमाले सम्वद्ध युनियनले सेवा सुविधा बृद्धिका ३७ सूत्रीय माग राख्दै केन्द्रिय बैंकमा आन्दोलन गरिरहेको छ।

कांग्रेस पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरुको शुक्रबार बसेको बैठकमा यो विषय गम्भीर रुपमा उठेको थियो। यसबारेमा सरकारसँग सोध्नुपर्न भनाइ अधिकांश नेताहरुले राखेका थिए। गभर्नरलाई काम गर्न नदिने गरी कर्मचारी युनियनबाट घेराउजस्ता अराजक गतिविधि हुँदा पनि सरकार चुप लगेको भन्दै बैठकले आपत्ति जनाएको थियो।

स‌ंवैधानिक प्रकियाअनुसार नियुक्त भएका गभर्नरलाई पद छोड्न मनोवैज्ञानिक दबाब दिनका लागि एमालेले युनियनलाई उचालेको कांग्रेस नेताहरुको छ। स्रोतका अनुसार पुँजी वृद्धिको योजनाबाट अत्तालिएका केही केही समूह तथा व्यक्तिको स्वार्थअनुसार गभर्नरलाई दबाब दिने काम भइरहेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।