0 COMMENTS

cncpकाठमाडौं, ६ मंसिर । चीनको निजी कम्पनीबाट आयल निगमले इन्धन आयात गर्नेगरी हुन लागेको सम्झौतामा अन्योल देखा परेको छ । गत शुक्रबार नै सम्झौताका लागि चीन जाने तयारीमा रहेको निगम र सरकारी अधिकारीहरुको टोली आइतबार पनि नजाने भएको छ ।

चीनमा दुई दिन सरकारी बिदा र इन्धनमा लाग्ने करको बिषयमा कुरा नमिलेको भन्दै सरकारी टोली जाने टुंगो नलागेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्राविधिक विषयमा कुरा नमिलेपछि टोली जाने अझै अनिश्चिित छ ।

‘चीनसँग व्यावसायिक सम्झौता हुन्छ । तर, कुन मितिमा जाने भन्न सकिँदैन । प्राविधिक विषयमा पनि कुरा मिलिसकेको छैन,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता शम्भु घिमिरेले भने, ‘जसले गर्दा सम्झौताका लागि ढिलाई भएको छ ।’

शनिबार र आइतबार चीनमा सार्वजनिक बिदासमेत भएकाले केही ढिलो हुने भएको घिमिरेले बताए । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।