0 COMMENTS

Somlal-subediकाठमाडौं, ५ मंसिर । वाग्मती सफाइ अभियानको १३२औँ शृङ्खलाअन्तर्गत बल्खु अगाडिको नदी तथा त्यस आसपासबाट करिब १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नदीको बहावमा अवरोध पुर्याएका विभिन्न किसिमका फोहरका डुङ्गुर तथा नदी वरपर क्षेत्रबाट सिसा, प्लास्टिकलगायत नगल्ने अन्य फोहर निकालिएको हो । गएको हप्ता अभियानले पशुपति क्षेत्रको नदी सफाइ गरेको थियो ।

सो अवसरमा मुख्यसचिव डा सोमलाल सुवेदीले त्यस क्षेत्रमा अब बिरुवा रोपेर हरियाली बनाउन सुझाव दिँदै अभियानमा सहयोग गरिरहेका सरोकारवाला तथा सम्बन्धित सबै पक्षसँग छिट्टै छलफल गरी नयाँ ढङ्गबाट अभियान सञ्चालन गरिने जानकारी दिए ।

पूर्व मुख्यसचिव लीलामणि पौडेलले वाग्मती नदी पूर्णरुपमा सफाइ नहुँदासम्म अभियानलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे । काठमाडौं महानगरपालिका प्रमुख रुद्रसिंह तामाङले अभियानका कारण नदीको स्वरुप फेरिएको बताउँदै नदीको दुवै किनारामा रुख रोपेर स्वच्छता कायम राख्न आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।