0 COMMENTS

काठमाडौं ५ मंङ्सीर/सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ । यो पनि केरुङसम्मको मूल्य हो । यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आइओसी)सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो ।

निगमले आइओसीसँग पेट्रोल लिटरके ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ । भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको पेट्रोल गुणस्तरीय भने छ । चीन सरकारले पेट्रो चाइनामार्फत १३ लाख ५० हजार लिटर पेट्रोल अनुदानस्वरुप दिएको थियो ।

उक्त पेट्रोलबापत ११ मिलियन आरएमबी (करिब १८ करोड रुपैयाँ ) नेपालका लागि घोषित अनुदानबाट कट्टा गरिएको सूचना चिनियाँ दूतावासले सरकारलाई दिएको छ । अर्थ सम्बद्ध स्रोतका अनुसार गत डिसेम्बरमा सम्झौता भएको आठ सय मिलियन आरएमबी अनुदानबाट उक्त रकम कट्टा गरिएको हो।अर्थका सचिव सुमनप्रसाद शर्माले चीन भ्रमणका क्रममा उक्त अनुदान सम्झौता गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।