0 COMMENTS

Ranjeet-Rayकाठमाडौ, ५ मंसिर / नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरुले भारतसँग स्पष्टीकरण मागेका छन् । भारतीय राजदुतको निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी अमेरिका, जापान, जर्मनी र यूरोपेली राजदुतले आपूर्ति ब्यबधानपछि नेपालमा पुर्नर्निमाण तथा मानवीय मिशनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए ।
स्रोतका अनुसार युरोपेली संघमा आवद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजिवी नेपालमा राष्टिय संकट उत्पन्न हुनुका पछाडी भारत नै जिम्मेवार छ भन्छन् नी भनेर भारतीय राजदुत रंजित रेलाई सोधेका थिए ।भारतीय राजदुत रेले रक्सौलबाहेक अरु नाकाबाट आपूर्ति भइरहेको र सात सय टयांकर नेपाल भित्रिएको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेका कारण त्यहाँबाट नसकेको स्पष्टीकरण दिएको अन्नपूर्णपोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।