0 COMMENTS

Ranjeet-Rayकाठमाडौं, ४ मंसिर । नाकाबन्दीपछि नेपालमा भारतबिरुद्ध फैलिदै गएको आक्रोसको सामना गर्न भारतीय दुतावासले भारतबादीहरुको मोर्चा बनाउने कसरत थालेको छ । मधेसी र जनजाति अगुवाहरुलाई भारतका पक्षमा उभ्यिाउन र वर्तमान सरकारका बिरुद्ध उतार्न योजनासहित बुधबार राजधानीमा भेला समेत गरेको स्रोतले बताएको छ ।
होटल सांग्रीलामा भारतीय राजदुत रंजित रेले मधेसी, जनजाति र पूर्वराजदुतहरुको भेला गरेका थिए । अति गोप्यरुपमा सम्पन्न गरिएको भेलामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपालका बरिष्ठ चिकित्सकदेखि अमेरिकाका पूर्वराजदुत समेत थिए ।
नेपालमा फैलिदै गएको भारत विरोधी भावनाको सामना गर्न भारतीय दुतावासले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, भारतका लागि नेपाली पूर्वराजदुत भेषबहादुर थापा, जनजाति नेता पद्मरत्न तुलाधर, डा. भगवान कोइराला, मधेसी आन्दोलनका समर्थक तुलानारायण साह, अमेरिकाका लागि पूर्वराजदुत शंकर शर्मालाई बोलाएको थियो । कार्यक्रममा डा. भगवान कोइराला र अमेरिकाका लागि पूर्वराजदुत शर्माले नाकाबन्दीको खोलेर आलोचना गरेपनि अन्यले भने नाकाबन्दी सही भएको टिप्पनी गरेका थिए ।
डा. कोइरालाले भारतले मानवताबादी अपराध गरिरहेको जिकिर गरेपछि भारतीय राजदुत रे आक्रोसित भएका थिए । ‘नेपालले के खोजिरहेको छ ? किन भारतीय नेताहरुको पुत्ला जलाउने काम भइरहेको छ ? किन भारतबिरोधी अनियन्त्रीत अभिब्यक्ति आइरहेका छन् ?’ राजदुत रेले आक्रोसित हुँदै भने ‘यो सवैको जिम्मेवार नेपाल सरकार हो ।
कार्यक्रममा उपस्थित भएका कोइराला र शर्मा बाहेक सवैले भारतको पक्षमा वकालत गरे भने नेपाल सरकारको आलोचना गरे । नेपाल सरकारको निकै आलोचना भएपछि कोइराला र शर्मा कार्यक्रमबाट निस्किन खोजेका थिए । तर भारतीय राजदुत रेले ‘अफ दी रेकर्ड’ भन्दै आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।
दुताबासको कार्यक्रमपछि मधेसी मोर्चाले विराटनगर नाकाबाट औषधी जस्ता अतिआवश्यक बस्तु ल्याउन दिने निर्णय गरेको हो । विहीबार सिंहदरवारमा बैठक बस्नुअघि मधेसी मोर्चाका नेता र भारतीय राजदुतबीच पनि छलफल भएको थियो । छलफल भएलगतै सिहदरवार पुगेका मधेसी मोर्चाका नेताहरुले विहान विद्यालय कलेज खोल्न दिने र दिउँसोको समयमा औषधी, अक्सिजन जस्ता अतिआवश्यक बस्तु ल्याउन दिने निर्णय गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।