0 COMMENTS

Nepal-Airlines-A320काठमाडौं,४ मंसिर / नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल ल्याउने गरेको थियो । तर हिजो वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आन्तरिक उडान प्रभावित भएको हो ।

आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्दछ । वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले निगमको इन्धन बोक्ने जहाज ७५७ ले काठमाडौँ–बैंङ्कक उडान गर्नुपर्ने भएकाले हिजो हवाई इन्धन आयात नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।