0 COMMENTS

indian-embessyकाठमाडौं, ४ मंसिर । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।

‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।

आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ। तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे ‘फ्रेमवर्क समझदारी’ पत्रमा हस्ताक्षर भएको थियो।

त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ। भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो।

बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी पनि गरे। उनले नेपालको मधेस आन्दोलन अन्त्य भए भारतीय भूमिमा रोकिएका नेपाली ट्यांकर र ट्रक सहज रूपमा नेपाल भित्रिने पुरानै कुरा दोहोर्‍याए। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।