0 COMMENTS

nepal-oil-corporation_nepal1रसुवा ३ मंसिर /चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ । बुधबार सांझसम्ममा केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो ।

उक्त सबै पेट्रोल रसुवागढीबाट बिहीबार काठमाडौं ल्याईंदै छ । भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार रकम समेत चुक्ता भएको रसुवा भन्सार कार्यालयका प्रमुख केदार पनेरुले जानकारी दिए ।

चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । नेपाली ट्याङकरले अफ्ठारो बाटो पार गर्दै चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए ।

नेपाल भित्रिएका सबै पेट्रोल थानकोट डिपोमा राखिएको छ । चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको नेपाल आयल निगमले जनाएको छ । साँघुरो सडक र कच्ची बाटो भएकाले १२ हजार लिटर क्षमता भएका नेपाली ट्याङकरले ७ देखि ९ हजार लिटरका दरले पेट्रोल ढुवानी गरेका थिए ।
यसै विच पेट्रोलियम पद्धार्थको अभावलाई अन्त्य गर्न नेपाली टोली आज चीन जादै छ । यसअघि पटक—पटक छलफल गरि फर्किएको नेपाली टोलीले यस पटकको चीन भ्रमणमा औपचारीकरुपमा आयतका लागि सम्झौता गर्ने भएको छ ।

चिनले पेट्रोलियम तथा अन्य बस्तु नियमित आयातका लागि सम्झौता गर्न प्रस्ताव सहित पत्र पठाएपछि नेपाली प्रतिनिधिहरुको टोली आज चिन जादै छ । नेपाल आयल निगमले नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि आज बाणिज्य तथा आपुर्ति मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने जनाएको छ ।

मन्त्रालयले इन्धन आयात गर्दा चीन सरकारले लगाउने स्थानीय कर छुट दिन सहमत भएको जनाएको छ । भारत र चीनबाट इन्धनको मूल्यमा खासै अन्तर नहुने मन्त्रालयको भनाई ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।