0 COMMENTS

Upendra-Kanta-Aryalकाठमाडौं, ३ मंसिर । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल सरकारसँग असन्तुष्ट बनेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयलाई अर्धन्यायिक अधिकार उपलब्ध नगराएको साइनबोर्ड मात्र फेरिएको भन्दै उनी सरकारसँग असन्तुष्ट बनेका हुन् ।

‘मैले मेरो छोराको नाम माइक टाइसन मात्र राखेर हुँदैन, उसको क्षमता छ छैन, त्यो मैले ख्याल गर्ने विषय हो ।’ प्रहरी महानिरिक्षक अर्यालले भने, ‘साइनबोर्डको भरमा मात्र महानगरिय प्रहरी आयुक्त कार्यालयले काम गर्न सक्दैन, यसलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।’
१० औं महानगरीय प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले भने, ‘अपराधको प्रवृति र संख्या बढिरहेको अवस्थामा कार्यालयलाई अधिकारविहिन अवस्थामा राख्नुहुँदैन, साइनबोर्डमा राखिएको नाम गर्न कानुनि अधिकार पनि चाहियो ।’
प्रहरीको सेवालाई प्रभावकारी बनाउन प्रहरी ऐन नै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । ६२ वर्ष अघि स्थापना भएको प्रहरी संगठनलाई समय सापेक्ष बनाउन प्रहरी ऐन परिवर्तन गर्नुपर्ने, अन्यथा संविधानको मौलिक हक कार्यान्वयन गराउन समेत अप्ठ्यारो पर्ने उनको दाबी छ । राजधानी दैनिकमा टपेन्द्र कार्कीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।