0 COMMENTS

पाल्पा, ३ मङ्सिर । ग्रामीण आर्थिक विकास सङ्घ रेडाले हेफर इन्टरनेसनल, नेपालको सहयोगमा छहरा गाविसका भूकम्प प्रभावितलाई आयआर्जनका लागि बुधबार आर्थिक सहयोग गरेको छ ।

लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका सदस्यलाई आयआर्जनका लागि रु १२ लाख ३० हजार सहयोग रकम वितरण गरिएको हो । छहराका ८२ घरधुरीका ८२ महिला सदस्यलाई रु १५ हजारका दरले सहयोग वितरण गरिएको आयोजक संस्था रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिए।

सो अवसरमा सांसद हरि नेपालले आर्थिक अवस्था परिवर्तन गर्न सहकारी आन्दोलनको मुख्य भूमिका रहेको बताए । पूर्वसांसद यादवबहादुर रायमाझीले महिलाको आर्थिक अवस्था माथि उकास्न सहकारीको भूमिका महत्वपूर्ण बन्ने बताए।

छहरा गाविस सचिव रवीन्द्र रायमाझीले सो रकमलाई लगानी गरेर आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन महिलालाई अनुरोध गरे । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।