0 COMMENTS

 

USA6वाशिंगटन डिसी । न्युयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडी न्युयोर्क र वरपर बस्ने नेपालीहरुले भब्य प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा गरिएको बिरोध कार्यक्रममा ​व्यापक बिरोध तथा नारा सहित बिश्वलाई ध्यानाकर्षण गर्दै राष्ट्र संघका महासचिब बान्की मुनलाई ज्ञापन-पत्र बुझाएको छ ।

उक्त ज्ञापन-पत्र पत्रमा अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दीलाई तुरुन्तै समाधान गर्न आग्रह गरेको छ । उक्त ज्ञापन-पत्र एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले पढेर सुनाएका थिए ।

उक्त धर्ना तथा बिरोध कार्यक्रममा एनआरएनका बिभिन्न व्यक्तिहरुले चर्को आवाज उठाएका थिए भने ऐक्यबद्दता देखाउन बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवक रुपमा स्वस्फ्रुत रुपमा बिरोध कार्यक्रममा सहभागी हुन् टाडा टाडा बाट आएका थिए ।

हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक राम कृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको बिरुद्धमा समर्थन जनाउदै राष्ट्रिय गीत गएका थिए । भारतले गरेको अघोषित नाकाबन्दीको समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए ।
f

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।