0 COMMENTS

cnn-hiro-500x333मंसिर २, काठमाडौं / सिएनन हिरोको उपाधि नेपालमा समाज सेवा गर्दै आएकी अमेरिकी युवती म्यागी डोयनले सन् २०१५ को सिएनएन हिरोको उपाधि जितेकी छिन्। सीएनन् हिरो २०१५ का अन्तिम १० मा परेका प्रतिस्पर्धीमध्ये भोटिंगका आधारमा डियोन एक लाख अमेरिकी डलर बराबरको अवार्ड जित्न सफल बनिन्।

उनि अमेरिकाको न्युजर्सीकी स्थायी बासिन्दा हुन्। उनले सुर्खेतमा सन् २०१० कोपिला विद्यालय स्थापना गरी गरिब तथा असहाय बालबालिकालाई अध्ययनको अवसर दिएकी थिइन्। सो विद्यालयमा सुरुमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए।

उनले सन् २०१३ मा कोपिला उपत्यका महिला केन्द्र स्थापना गरी महिलाहरुलाई सीप विकासको तालिम दिँदै आएकी छिन्। डियोन र उनको टोली अहिले नर्सरीदेखि कक्षा १२ सम्मको लागि स्थायी र सुविधासम्पन्न भवन निर्माणका लागि काम गरिरहेका छन्।

उनले सीएनएन हिरो २०१५ घोषित भएपछि छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेकोमा हर्षविभोर हुँदै धन्यवाद दिइन्।

डियोनले भनिन्, यदि तपाइँले १८ वर्षकी हुँदा मलाई कसैले ५० बालबालिकाकी आमा हुन्छौ भनेको भए मैले तपाइँलाई पागल भन्ने थिएँ। र म अहिले त्यस्तै छु। मेरा बालबालिकाहरुलाई म धेरै माया गर्छु। कहिलै नबिर्सनु कि म तिमीहरुलाई असाध्यै माया गर्छुु, नेपाललाई पनि धन्यवाद दिन चाहन्छु जसले मलाई छोरीको रुपमा स्वीकार्यो र स्वागत गर्यो।
डोइन सिएनएन हिरोका लागि मनोनयनमा परेका १० जना मध्येबाट अनलाइन भोटिङको मार्फत विजयी बन्नु भएको हो । उहाँले एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु हुनेछ । यस्तै मनोनयनमा परेका प्रत्येक १० जना दिइने १० हजार अमेरिकी डलर पनि उहाँले पाउनु हुनेछ । यो रकम बिलिन्कनाव फाउन्डेसनमार्फत नेपाली महिला र बालबालिकाको क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।