काठमाण्डाै १ मंसीर/ आज कपनटारमा अवस्थित साम्तेन मेमोरियल स्कुलमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्र पोख्रेललाई बधाई तथा सम्मान एवम भुक्म्प पीडित बौद्ध गुम्बाहरूलाई राहत बितरन कार्यक्रम गरियो।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्र पोख्रेलकाे नै प्रमुख आतिथ्य्मा भएको सो कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले कुनै गुम्बाहरू १०० बर्ष पुगेका छन भने पुरातात्त्विक बिभागमार्फत संस्कृति मन्त्रालय सम्म आएमा पुनर्निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।साथमा भुकम्प पीडित गुम्बाहरुलाई राहतस्वरूप बैंकको चेक हस्तान्तरण गर्दै दोलखास्थित ध्वस्त भएका हरेक गुम्बा र गाडीको बाटोलाई कालोपत्रे बनाइ छाडनेसमेत बाचा गर्नु भयो।सो कार्यक्रममा दोलखाको स्थानीय संस्कृति को झाकीसमेत देखाइएको थियो।दोलखाकै राजनैतिक नेताको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा सभासद पार्बत गुरुङ ,पशुपती चौलागाईं ,आङछिरिङ शेर्पा लगायतका एमाले,काङ्ग्रेस का पार्टि प्रतीनीधी लगायत गुम्बाका धर्मगुरूहरुले नेपालका हरेक संस्कृतिको जगेर्ना गर्दै सम्बर्द्धन गर्नुपर्ने कुरामा जोड दिएका थिए।सो कार्यक्रमको मुख्य आयोजक भने हिमालयन रिजन वेलफेयर फाउन्डेसन नेपाल रहेको थियो।