0 COMMENTS

KP-Oli काठमाडौ, १ मंसिर । प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर पहिलो विदेश भ्रमणको रुपमा भारत भ्रमणको निम्ता दिएका थिए । तर अहिलेसम्म त्यो निम्तोलाई मुर्त रुप दिने कार्य एक कदम पनि अघि बढ्न सकेको छैन ।
स्राेतका अनुसार नेपाली अधिकारी र भारतीय राजदुतले उपयूक्त समयमा हुने गरी तयारी भईरहेको बताए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेपछि चीनकालागि नेपाली राजदुत महेश मास्केमार्फत ओलीको चीन भ्रमणको प्रक्रिया अगाडि बढाएको हो । परराष्ट्र मन्त्रालयको निर्देशनमा राजदुत मास्केले प्रधानमन्त्रीको चीन भ्रमणको प्रक्रिया अगाडि बढाएका हुन । ओलीले भारत भन्दा अघि चीन भ्रमण गरेर यसले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट हुने परम्परामा तोड्ने अर्को कदम हुने छ ।परराष्ट्रमन्त्रालयले भारतले पहिलो निम्तो दिए पनि भ्रमणको कार्यक्रम तय गर्न अानाकानी गरेकोले चीन भ्रमणको पहल सुरु गरेको हो ।
प्रधानमन्त्रीको चीन भ्रमण सुनिश्चित भए सोही समयमा नेपाल र चीनवीच ब्यापार तथा पारवाहन सन्धी, विप्पा, विद्युत ब्यापार तथा उत्पादन सम्झौता लगायतका महत्वपूर्ण सम्झौता हुने गरी तयारी थालेको छ ।
यसैगरी नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ आपूर्ति गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पत्र लिएर बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान बेईजिङ्ग पुगेका छन । उनले त्यहाँ प्रधानमन्त्रिको पत्र सरकारी अधिकारीहरुलाई बुझाएका छन । सोही आधारमा चीनको आयाल निगमले नेपाल आयल निगमलाई पत्र पठाएर सम्झौताकोलागि आउन निम्तो गरिसकेको छ । सम्झौताको बेला आवश्यक परे परराष्ट्रमन्त्री समेत चीन जाने र त्यही प्रधानमन्त्रीको भ्रमणको टुङगो समेत लगाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।