0 COMMENTS

काठमाण्डाै,१ मंसिर /राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा देओस् भन्ने कामना गरेकी छिन्।

उनले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने पनि उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।