0 COMMENTS

Sajha_Bus-300x177मङ्सिर १, काठमाडौँ । मन्त्रीहरू साझा बसमा चढेर मन्त्रालय जान साझा यातायात सञ्चालक समितिले प्रधानमन्त्री सामु प्रस्ताव गरेको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा पत्र पठाउँदै इन्धन अभावमा आवश्यक मात्रामा यातायातका साधन सञ्चालन हुन नसकेको परिप्रेक्षमा मन्त्रीहरूलाई सेवा दिन तयार भएको जनाएको हो ।

साझा यातायात सञ्चालक समिति अध्यक्ष कनकमणि दीक्षितद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल सरकारका मानीय मन्त्रीज्यूहरूले प्रयोगमा ल्याएका सवारी साधन तथा सुरक्षाका लागि सञ्चालित सवारी साधनमा प्रयोग हुने इन्धनको समेत बचतका लागि संस्थाले कदम चालेको हो ।’

साझाले कात्तिक २८ मा प्रधानमन्त्री तथा मन्त्री परिषदो कार्यालयमा पत्र पठाएको हो । साझाका अनुसार हालसम्म त्यसको जवाफ भने आएको छैन । साझाले मन्त्रीहरूका लागि २ वटा बसहरू मन्त्री निवास पुल्चोकबाट मन्त्रालयहरू रहेको स्थान सिंहदरबारभित्र बिहान ८ बजे पुर्‍याउने र बेलुकी ४ बजेको कार्यालय समयमा लिन जाने प्रस्ताव अगाडि सारेको हो । -कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।