0 COMMENTS

प्रकाश बस्याल,नवलपरासी ,१ मंसीर / नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ। ईलाका प्रहरी कार्यलय नवलपुरका अनुसार गय राती ९ बजे कावासोती ३ स्थीत सामथ्र्य रोडमा बा ५०प १६२० नम्वरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटजना हुदा मोटरसाईकल पछाडी सवार कावासोती ८ स्याउली बजार बस्ने बर्ष १४ की सरला गुरुङ्ग घाईते भइृ उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मुत्यु भएको हाे।अहिले मृत्तको शवलाई पोष्टमाटमकालागी दुम्कौली प्राथामीक स्वाथ्य केन्द्र दुम्कौलस्मा राखीएको छ।

दुर्घटना पछि फरार रहेका मोटरसाइृकल चालक बर्ष २२ का अजय तामाङ्गलाई खोजीकार्य गर्दा उनलाई राती ११:५५ मा पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती स्थीत कावासोती ८ कालीगण्डकी अस्पताल अगाडी लु १ च ३०७३ नम्वरको जिपले ठक्कर दिएको अवस्थामा फेला परेका थीय ।उनको उपचारको क्रममा पुरानो मेडीकल कलेज भरतपुरमा मुत्यु भएको हो। जिप र चालकलाई प्रहरीले नियन्त्रमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।