0 COMMENTS

Ganesh-Thapa1काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघको अनुशासन समितिले सबैखाले फुटबल गतिबिधिमा १० वर्षसम्म प्रतिबन्ध लगाएको छ । फिफाले थापालाई प्रतिबन्धको अलावा २० हजार स्वीस फ्रांक समेत जरीवाना गरेको छ ।
थापाले सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कंग्रेसको चुनावमा घुस लिएको आरोपमा फिफाले प्रतिबन्ध लगाएको हो । आज एक विज्ञप्ति जारी गर्दै फिफाले यो निर्णय तत्काल लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।