0 COMMENTS

काठमाडौं, ३० कात्तिक । सरकारले उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थ आपूर्तिका लागि व्यापारिक सम्झौता गर्न पत्राचार गरेको दुई साता बितिसक्दा पनि नेपाल आयल निगमको उदासीनताका कारण चीनबाट कुनै प्रतिक्रिया आएको छैन ।
भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थ आयात प्रभावित भएपछि नेपाल आयल निगमले बाध्य भएर चीनबाट आपूर्ति गर्न कात्तिक १६ गते परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पत्र पठाएको थियो । पत्रअनुसार सोमबार (कात्तिक ३०) चीनको सरकारी कम्पनी पेट्रो चाइनाका अधिकारीसँग काठमाडौंमा व्यापारिक सम्झौताबारे छलफल गर्नुपर्नेछ ।
तर, पत्र पठाएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारी भने यसबारे अनभिज्ञता प्रकट गर्छन् । ‘आयल निगमबाट आएको पत्रलाई चिनियाँ दूतावास पठाएका हौं, त्यसको जवाफ आजसम्म हामीलाई आएको छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने ।
भारतको नाकाबन्दीपछि नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेका बेला वाणिज्य तथा आपूर्ति मन्त्रायलका उपसचिव शिव त्रिपाठीले निगमबाट सो पत्र ल्याएर परराष्ट्र पुर्याएका थिए ।
निगमले चीनबाट पेट्रोलियम कारोबारमा आवश्यक पर्ने पूर्वाधार, मूल्य, ढुवानी संयन्त्र लगायतका मोडालिटीसहितको पत्र पेट्रो चाइनालाई पठाएको हो । तर, अहिले उक्त पत्रबारे निगम, वाणिज्य मन्त्रालय र परराष्ट्रलाई केही जानकारी छैन ।
निगमका पदाधिकारीको उदासीनका कारण अहिलेसम्म पेट्रो चाइनासँग पहिलो चरणको वार्तासमेत नभएको मन्त्रालयका एक अधिकारीले बताए । पेट्रोलियम खरिद सम्झौताअघि नै टुंग्याउनुपर्ने विषयलाई समेटेर निगमले पेट्रो चाइनलाई पत्र पठाएको थियो । निगमको यो पत्रपछि दुई संस्थाबीच पेट्रोलियम खरिद सम्झौता गर्न सहज हुने भनिएपछि निगमकै लाचारीपनले अहिलेसम्म केही पहल नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।