0 COMMENTS

काठमाडौं, ३० कात्तिक । सीमांकनप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको तीन महिना पुगेको छ ।

यसबीचमा आन्दोलनकारी दलहरुले खर्चको जोहो कसरी गरे र त्यसको हिसाबकिताब के छ त ? भन्ने गम्भीर प्रश्न बाहिर मात्रै होइन आन्तरिक रुपमा समेत उठ्न थालेका छ । मोर्चामा आबद्ध नेताहरुले जसले जता भेट्यो त्यसै पैसा उठाउने र आफैंले झ्वाम पार्न थालेपछि नेतृत्व पंक्तिमै मनमुटावको अवस्था सिर्जना भएको मोर्चा सम्बद्ध स्रोतले बताएको छ ।

मोर्चाले गरेको आन्दोलनलाई कारण देखाउँदै भारतले दुई महिनादेखि अघोषित नाकाबन्दी कायमै राख्दा जनजीवन थप कष्टकर बन्न पुगेको छ ।

तर मोर्चा र सरकारको अडान यथावत् भएकोले अझै सहमति कायम हुन सकेको छैन । तीन महिना लामो आन्दोलनको क्रममा ४६ जनाको मृत्यु भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।