0 COMMENTS

लन्डन, ३० कात्तिक । रोजगारीका लागि सात समुद्रपारिको देश आएर काम गर्नुपरेको छ । मातृभूमिबाट जति टाढा भइयो, उति धेरै देशको माया लाग्दोरहेछ । नेपालको राजनीतिक अवस्था जुन रूपमा गुज्रिरहेछ, त्यसमा पनि पछिल्लो समय भारतले लगाएको नाकाबन्दीले हामी बेलायतवासी नेपाली थप चिन्तामा छौं । अनि नाकाबन्दी लगाउने भारतप्रति क्रुद्ध ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत आउने सूचना समयमै पाएका थियौँ । हामीले नेपालविरुद्ध नाकाबन्दीजस्तो अमानवीय कदम फिर्ता लिन दबाब दिनुपर्छ भन्ने सोच्यौँ ।
बेलायतमा भएका विभिन्न नेपाली संघसंस्थाले संयुक्त रुपमा प्रर्दशन गर्नुपर्छ भन्ने योजना बन्यो । फेसबुकमार्फत गरिएको तीन साता जतिको प्रयासबाट हामीले लन्डनमा मोदीको विरोधमा निक्कै बाक्लो उपस्थितिमा प्रदर्शन गर्न सक्यौँ । बिहीबार दिउँसो १ बजे मोदी डाउनिङ स्ट्रिट आउने कुरा थियो । हामीले घडी हेर्‍यौँ, १ बजिसकेको थियो ।
तर मोदीको आगमन भएन । १ः १२ बजे टेलिभिजन क्यामेरा पर्सनहरू यताउता दौडेको देख्यौँ । उनी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग वार्ता गर्न टेन डाउनिङ स्ट्रिटबाट आएनन् ।
उनी जहाँबाट आउँदैछन् भन्ने सूचना पाएका थियौँ, हामी त्यही बाटो उनलाई पर्खिरहेका थियौँ । उनलाई अर्को बाटोबाट लगिएछ । यसरी हाम्रो प्रदर्शनका कारण मोदीको भ्रमणको रुट नै परिवर्तन गरिएछ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।