0 COMMENTS

Captureदीपक घिमिरे,लुम्बिनी, कात्तिक २९ – जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक वर्षमा यहाँका किसानले करिव ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् ।

किसानलाई कृषि औजार, उपकरण, बीउविजन, मलखाद खरिददेखि लिएर युवा लक्ष्यित कार्यक्रम अन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवद्र्धनका लागि उक्त रकम प्रदान गर्न लागिएको हो । आर्थिक वर्ष २०७२/७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकामा कुल बजेटको ६४।७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ६ वटा शीर्षकमा किसानलाई अनुदान उपलब्ध गराउन लागेको छ । कृषि प्रसार कार्यक्रम अन्तर्गत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ कृषकलाई अनुदानको रुपमा उलब्ध गराउन लागिएको छ । त्यस्तै, सहकारी खेती साना सिँचाइ कार्यक्रमका लागि ४८ लाख ९० हजार, विशेष कृषि कार्यक्रमअन्तर्गत ५३ लाख ४० हजार, सोही कार्यक्रममा प्राङ्गारिक मलका लागि ३० लाख, भकारो सुधार तथा भर्मिकम्पोष्टका लागि २३ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइने सापकोटाको भनाइ छ ।

त्यस्तै, बाली विकास कार्यक्रममा ४९ लाख ८४ हजार रुपैयाँ, सोही शीर्षकमा मसिना तथा बासनदार धान उत्पादन प्रवद्र्धन कार्यक्रममा कुल ३४ लाख ४३ हजार रुपैयाँ , वृहत्तर धान उत्पादन कार्यक्रममा २६ हजार रुपैयाँ र अभियानमुखी तेलहन उत्पादन आयोजनामा कुल १५ लाख १२ हजार रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराइने छ ।

आलु तरकारी तथा मसलावाली विकास कार्यक्रममा कुल ४२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । सोही शीर्षक अन्तर्गत युवा लक्ष्यित व्यावसायिक तरकारी उत्पादन कार्यक्रममा ३७ लाख ६० हजार रुपैयाँ र बीउ आलु आत्मनिर्भर कार्यक्रममा कुल ५ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ । एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमका लागि कुल १८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

अहिलेसम्म किसानले सहकारी खेती साना सिँचाइ तथा मल बीउ ढुवानीका लागि २८ जना किसानलाई सहभागी बनाउने योजना रहेकामा १ सय ४५ जना किसानको निवेदन आएको छ भने युवा लक्ष्यित व्यावसायिक तरकारी उत्पादन कार्यक्रममा ६० जनाको लक्ष्य रहेकामा १ सय ३६ जना किसानको निवेदन प्राप्त भएको छ । त्यस्तै, आइडब्लुआरएमपी कार्यक्रममा ६ जना किसानलाई सहभागी गराउने कृषि विकास कार्यालयको लक्ष्य रहेकामा ९ जना किसानको निवेदन प्राप्त भएको कृषि सूचना प्रसार अधिकृत नवीन भण्डारी बताए ।
वरिष्ठ कृषि विकास अधिकृत सापकोटा भन्छज् – “जिल्ला कृषि विकास कार्यालयको प्रमुख उद्देश्यमा कृषि प्रसारका विभिन्न शैक्षिक तरिकाहरु सिकाएर परम्परागत निर्वाहमुखी कृषि उत्पादन प्रणालीलाई विविधिकरण, प्रतिस्पर्धी एवम् व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने रहेको छ ।”

कृषिजन्य उत्पादनको परिमाणत्मक एवम् गुणात्मक वृद्धि गरी जिल्लालाई आत्मनिर्भर गराउनुका साथै उच्च मूल्यका बाली÷वस्तुहरुको आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धन गर्ने, कृषिको व्यावसायिकरण र औद्योगिकरणका माध्यमबाट आयआर्जन तथा उत्पादनशील रोजगारका अवसरहरु वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने कार्यालयको लक्ष्य भएको उनी बताउछन् ।

गत वर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कुल बजेट ७ करोड १२ लाख २२ हजार रुपैयाँ रहेको थियो । यस वर्ष केन्द्रबाट आउने केही कार्यक्रमहरु कटौती भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा १४।३५ प्रतिशत बजेट कम विनियोजन भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेका मत्स्य विकास कार्यक्रम, अभियानमुखी मकै भटमास उत्पादन कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास कार्यक्रम, बाली संरक्षण कार्यक्रम ९राष्ट्रिय आइपिएम०, व्यावसायिक कीट विकास कार्यक्रम, बाली विकास कार्यक्रम ९व्यावसायिक बीज वृद्धि सहयोग तथा सुदृढीकरण आयोजना०, कृषि सूचना तथा सञ्चार कार्यक्रम यस वर्ष सञ्चालन हुने छैनन् । यी कार्यक्रम केन्द्रबाटै सिधा सञ्चालन हुने जनाइएको छ ।

यस वर्ष जिल्ला कृषि विकास कार्यलय रुपन्देहीमार्फत नयाँ कार्यक्रमको रुपमा ‘बृहत्तर धान उत्पादन कार्यक्रम’ समावेश गरिएको छ । यसमा ९ सय ५० हेक्टर क्षेत्रफलमा चैते धानको खेती सम्भाव्यता अध्ययन गरिने छ ।

रुपन्देही जिल्लामा कुल ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफल खेती गर्न योग्य मानिन्छ । बाली विकास अधिकृत विनोद पराजुलीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिँचाइको पहुँचमा रहेकामा वर्षभरि सिँचाइ हुने भूमि कुल १२।८८ प्रतिशत अर्थात १० हजार ३ सय २२ हेक्टर मात्र रहेको छ । अन्य ठाउँमा आंशिक रुपमा मात्र सिँचाइको व्यवस्था रहेको छ ।

पछिल्लो समयमा इन्धन अभाव भई खेतमा पाकिरहेको धान कुटानी/चुटानी गर्न एवम् हिउँदे बालीको लागि जग्गा तयार पार्न कृषकलाई कृषि यन्त्रहरुको प्रयोग गर्न ठूलो समस्या परिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।