0 COMMENTS

gass काठमाडौं २९ कात्तिक /चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन चिनले नेपाललाई प्रस्ताव राखेको छ । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्दै चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् ।

नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको मास्केले जानकारी गराए । तिहारलगतै इन्धन खरिदका लागि व्यापारिक संझौता गर्ने कुरा भएपछि नेपाललाई इन्धन बेच्न केही नियम बनाउनुपर्ने भएकाले ढिला भएको बताईएको छ ।

काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र बनाउने सरकारले घोषणा गरिसकेको अवस्थामा सो ठाउँको सडकलाई बिशेष निर्माण गराउन सके चीनले धेरै सहयोग गर्न सक्ने बताइएको छ ।
राजदूत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेट केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकाले तातोपानी नाकाबाट ल्याउने कोसिस भइरहेको बताए।

चिनियाँ पक्षले काभ्रेको पाचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको डा मास्केले जानकारी गराए। “चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो साघुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामग्री केरुङबाटै ल्याऔँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव गरेका छौँ” राजदूतलाई उद्धृत गर्दै स्वकीय सचिव रोकाले भने।

राजदूत डा मास्केले पाँचखालमा चीन र नेपालको संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट चीनबाट सिधै पाचखाल ल्याउने चीनको प्रस्ताव सकारात्मक छ भन्दै संयुक्त भन्सार स्थापनाका लागि पहल गर्न उपराष्ट्रपतिसँग आग्रह गरे।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।