0 COMMENTS

 xdau.gif.pagespeed.ic.7rI4yenUbeकाठमाडौं २९ कातिक/सरकारले राजधानीमा बिक्री गरेको दाउरा किन्नका लागी अाज बिहानै देखी डिजेल पेट्रोलको जस्तै धुइराे लागेर लाईन लागेको छन । भारतले गरेकाे नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन अफ नेपालको जिम्मामा बिक्री सुरु गरेको दाउरा किन्न विहानै देखि लाईन लागेको हो । खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव भएपछि काठमाडौ उपत्यकाका उपभोक्ताहरुलाई आजबाट काठमाडौंको गौशाला र ललितपुरको बालकुमारीबाट दाउरा विक्रि सुरू गरेको हो।

उपभोक्तालाई बिक्रीका लागि टिसीएनले बाराको बनबाट रुखका ६ ट्रक मुढा काठमाडौ ल्याएको छ। टीसीएनले मुढा नचिरीकनै उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरेको छ। मन्त्रालयले बिक्री गर्न लागेको दाउरा एक किलोको १५ रुपैयाँ पर्छ । एक परिवारले बढीमा एक सय किलो दाउरा मात्र किन्न पाउनेछन् । बजारमा दाउरा किलोको २५ देखि ३० रुपैयाँ तिर्नु परेको उपभोक्ताले बताएका छन् । दाउरा बितरण बिहान ८ बजेदेखि सांझ ५ बजेसमम चल्ने कर्पोरेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।