0 COMMENTS

KP-Oliकाठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएको एकमहिना पुगेको अवसर पारेर ओलीले देशवासीको नाममा औपचारिक सम्बोधन गर्ने तयारी गरेका हुन् ।

स्राेतकाअनुसार आजै सम्बोधन गर्ने भए पनि समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीले केही मन्त्री, सरकारमा सहभागी दल र पार्टी भित्रै छलफल गरेर सम्बोधन गर्ने तयारी गरेको दाहालले बतायाे।

यसअघि तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेकाले केही दिन सारिएको हो । प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलनलगायत विषयलाई समेटेर सम्बोधन गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।