0 COMMENTS

रत्ननगर (चितवन), २८ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना१३च ३२१५ नंको कारको ठक्करले दुई पैदलयात्रीको ज्यान गएको हो ।

उक्त दुर्घटनामा कारको ठक्करबाट राप्ती नगरपालिका– ८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।

ठक्करबाट घाइते भएकी सोही ठाउँकी ३२ वर्षीया जानुका कोइरालाको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक भने नरहेको प्रहरीले बताएको छ ।ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।