0 COMMENTS

Lajimpat-Prachand-काठमाडौँ, कार्तिक २८ । मधेस आन्दोलनलाई वार्ताबाट समाधान गर्न दबाद दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नागरिक अगुवाहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उनकै नीवास भेटेका छन् ।
मधेस समस्या समाधानका लागि उनीहरुले शनिबार उच्चस्तरिय राजनीतिक समितिका संयोजकसमेत रहेका प्रचण्डलाई भेटी समस्या समाधानका लागि दवाव दिएका हुन् । भारतले गरेको नाकाबन्दी एवं तराई मधेसका जारी आन्दोलनबाट देशलाई चाँडो निकास दिनका लागि सत्तपक्षलाई दबाव दिने उद्देश्यले नागरिक समाजका अगुवाहरुले शनिबारबाट अभियान थालेका छन् । उक्त अभियान अन्तर्गत उनीहरुले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा पूर्व प्रधानमन्त्री भट्टराई सहित पिताम्बर शर्मा, सीके लाल, देवेन्द्रराज पाण्डे र कृष्ण हाछेथुलगायतको उपस्थिती थियो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले तीन महिनादेखि तराई मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको अघोषित भारतीय नाकाबन्दीबाट अस्त व्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिन अब सचेत नागरिकहरु सक्रिय बन्ने बेला आएको भन्दै दलका नेताहरुलाई दवाव दिनका लागि अभियान थालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।