0 COMMENTS

peris-attackकात्तिक २८ – पेरिसमा धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोटपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकालिन अवस्थाको घोषणा गर्नुभएको हो ।

फ्रान्सले आफ्ना सबै सीमानाका पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी पेरिसको बटाक्ल आर्ट सन्टरको कन्सर्ट हलमा आक्रमणकारी अन्धाधुन्ध गोली प्रहार गर्दा ज्यान जानेको संख्या एक सय नाघेको फ्रान्सेली सञ्चार माध्यमले जनाएको छ । तर त्यहाँको प्रहरीले भने अहिलेसम्म ४० जनाको ज्यान गएको पुष्टी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा ६० जना भन्दा धेरै घाइते भएका छन् ।

बन्दुकधारीले कन्सर्ट हलमा केही मानिसलाई बन्धक बनाएका छन् । प्रहरीले कन्सर्ट हललाई घेराबन्दी गरेर आक्रमण गरेको छ । पेरिसमा रहेको नेशनल स्टेडियम नजिक भएको विस्फोटमा परि अरु केहीको ज्यान गएको अधिकारीले बताएका छन् । विस्फोट भएका बेला स्टेडियममा फ्रान्स र जर्मनीबिच मैत्रिपूर्ण खेल भैरहेको थियो । विस्फोट लगतै खेल हेर्न स्टेडियम गएका फ्रास्वाँ ओल्याण्डलाई सुरक्षित रुपमा बाहिर लगिएको थियो ।

सरकारी अधिकारीले पेरिसका बासिन्दालाई घरबाहिर ननिस्किन आग्रह गरेका गरेका छन् । पेरिसमा एक हजार पाँच सय भन्दा बढी सेना परिचालन गरिएको छ । सांगीतिक कार्यक्रम हेर्न कन्र्सट हलमा गएकाहरुलाई आक्रमणकारीले एक एक गरेर गोली हानेको समाचार संस्था एएफपीले जनाएको छ । कम्तिमा तीन जना आक्रमणकारीले हलमा पसेर गोली हानेको आशंका गरिएको छ ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन । तर बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । आइएसका समर्थकले सामाजिक सञ्जालमा आक्रमणको स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।