0 COMMENTS

कात्तिक २८ – जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार राति दुई बजेर ३६ मिनेट जाँदा जापनको दक्षिण पश्चिमी तटलाई केन्द्र बनाएर सात रेक्टर स्केलको भूकम्प गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पका कारण ठूलो सुनामी आउने खतरा नरहेको प्यासिफिक सुनामी सेन्टरले जनाएको छ । भूकम्पपछि दक्षिण पश्चिमी तटमा सानो सुनामी भने आएको जापानको मौसम विभागले जनाएको छ । त्यहाँ ३० सेन्टिमिटर अग्लो सुनामी आएको विभागले जनाएको छ । तर कुनै खतरा भने नरहेको जनाइएको छ ।

यसअघि सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण उत्तरपूर्वी जापानमा १८ हजार जनाको ज्यान गएको थियो । सुनामीका कारण विस्थापित भएका दुई लाख ३० हजार नागरिक अझै आफ्नो घर फर्किन सकेका छैनन् ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।