0 COMMENTS

Modi_कार्तिक २७, लण्डन । नाकाबन्दीको विरोध गर्दै नेपालीद्वारा मोदीविरूद्ध बेलायतमा ब्यापक प्रदर्शन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर विवादास्पद भनाई राखेका छन् ।

नेपालमाथि नाकाबन्दी गर्दै आएको परिस्थितीमा उनले ‘भारत बुद्धको भूमि हो’ भन्दै अभिव्यक्ति दिएर नेपालीलाई थप चिढ्याएका छन् ।
भारतमा भइरहेको धार्मिक असहिष्णु व्यवहारका बारेमा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ‘भारत बुद्ध र गान्धीको भूमि हो’ भनेका हुन् ।

मोदीले भारतलाई बुद्धको भूमि भनेको समाचारलाई भारतीय संचारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
बेयायतका प्रधानमन्त्री डेविड क्यामरुनसँग दुई पक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा उनले भने, ‘भारत बुद्ध र गान्धीको भूमि हो ।

भारतको कुनै पनि कुनामा घटेको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।’ गुजरात दंगाबारे पनि पत्रकारहरुले उनलाई प्रश्न गरेका थिए । जवाफमा उनले बेलायतले आफूलाई कहिल्यै पनि बेलायतको यात्रा गर्नबाट नरोकेको बताए ।

दुई सयभन्दा बढी लेखकले बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनलाई मोदीसँगको भेटवार्तामा भारतमा बढ्दो असहिष्णुताको मुद्दा उठाउन लिखित आग्रह समेत गरेका थिए ।
तीन दिने बेलायत भ्रमणमा आएका मोदीका विरुद्ध बेलायतस्थित मानवअधिकारवादी, भारतीय समुदाय आवद्ध संघसंस्थासमेत विरोधमा उत्रिएका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालीहरुले अन्तराष्ट्रिय समुदायको ध्यानाकषर्ण गराउन प्रदर्शन गरेका हुन् ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालीहरुले अन्तराष्ट्रिय समुदायको ध्यानाकषर्ण गराउन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए । कडा सुरक्षाका बीच भएको प्रदर्शनमा सहभागीहरुले ब्याक अफ इण्डियासहितका नारा समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।