0 COMMENTS

20150122gachhadars-proposal-rekindles-hope-600x0विराटनगर, २६ कात्तिक । उपप्रधान एवम् भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलन दलहरुसँग निर्णायक वार्ता हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आन्दोलनरत दलहरुले शीर्ष नेताहरुसँग नै छलफल गर्ने प्रस्ताव गरेअनुरुप वार्तालाई अगाडि बढाइने स्पष्ट पारे ।आन्दोलनकारीको मुख्य माग सीमाङ्कन नै रहेको बताउँदै उनले भने, ‘यसका लागि संविधान संशोधन आवश्यक रहेकाले सबै दलसँग समझदारी बनाएर सरकार अगाडि बढ्ने छ ।’

उनले तीन महिनादेखि जारी आन्दोलनका कारण तराईका साथै सिङ्गो मुलुकको जनजीवन अस्तव्यस्त भएको र अर्थ व्यवस्थामा प्रतिकूल असर परेको उल्लेख गर्दै सरकार समस्याको समाधान खोज्न उदार छ,’ भने ।थारु र मधेसीको बाहुल्य हुने गरी दुई प्रदेश निर्माण भएमा समस्या समाधान हुने उनको भनाइ थियो ।

नेपाल–भारतको सिमानामा देखिएका अवरोधका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएकाले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

तातोपानीलगायतका नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग पनि आग्रह गरिएको जानकारी उनले दिए । जारी संविधानलाई कार्यान्वयन गर्न नेपाली काँग्रेससहितको सहमतिको सरकार निर्माण आवश्यक रहेको र यसका लागि आफू प्रयासरत रहेको पनि उनले बताए । रसस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।