0 COMMENTS

top-bahadur-rayamajhiकात्तिक २६, काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सर्वसाधारणलाई राहत दिनका लागि विहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने जानकारी दिएका छन् ।

साथै उनले दाउरा ल्याउने र राष्ट्र सेवक कर्मचारीले लिइरहेको सुविधा समेत कटौती गर्ने योजना बताएका छन् ।रिपोर्टर्स क्लब नेपालको अन्र्तक्रियात्मक देउसी भैलो कार्यक्रममा उपप्रधान तथा उर्जामन्त्री रायमाझीले काठमाडौं र शहरी क्षेत्रमा विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका पनि त्यस्तै समयमा खान पकाउन लोडसेडिङ हुन नदिने योजना उर्जा मन्त्रालयले बनाएको जानकारी दिनुभयो ।भुकम्पको आलो घाउमा भारतीय नाकाबन्दीले नुनचुक छर्केजस्तो अनुभूति भएको उनको भनाई थियो । आपूर्तिमा देखिएको असहजताका कारण अभाव सिर्जना हुँदा पनि नेपाली जनताले देखाएको धैर्यता, सद्भाव र राष्ट्रिय एकता गर्व गर्न लायक विषय भएको उपप्रधानमन्त्री रायमाझीले बताए ।

‘नाकाबन्दीकोविरुद्धमा राष्ट्रिय एकता कायम भएको छ । यो गर्व गर्न लायक विषय हो । यसलाई सदुपयोग गरी कुटनीतिक पहल गरेर नाका खोल्ने र मधेसीको माग संबोधन गर्ने कोशिस गर्नुपर्छ । संविधान कार्यान्वयन गर्न नाकाबन्दी र आन्दोलन संबोधन गर्नैपर्छ, उनले भने ।’

प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले आगामी तिहारबाट लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको भन्दै उनले सोहीअनुसार काम भईरहेको बताए । जलविद्युत उत्पादनलाई युद्धस्तरमा अगाडि बढाउने तथा सोलार, बायो उर्जा, थर्मल प्लान्ट र म्याग्नेटिकसहितका सबै उपायहरुमा पहल गरेर उर्जा संकट अन्त्य गरिने उनको दृढता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।