0 COMMENTS

बैतडी,कात्तिक २६/दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । बेपत्ता भएका थप एकजनाको शव बुधबार भेटेपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार मृतक राप्ला घर भई हाल खलङ्गा गल्फै बस्दै आएका २५ वर्षीय विमल बुढाथोकी रहेका छन् । उनले भने – “मृतक बुढाथोकीको शव दुर्घटना भएको स्थानबाट करिब पाँच किमी तल दत्तुमा भेटियो ।”

महाकाली नदीमा बगिरहेका बेला उक्त शवलाई प्रहरी टोलीले निकालेको थियो । यसअघि मङ्गलबार नै किसनसिंह धामी र कैलाश लुहारको शव महाकाली नदीबाटै प्रहरीले निकालेकोे थियो ।

अन्य बेपत्ता भएका तीनजनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा अपि नगरपालिका– १५ का रमेश कुँवर, अपि नगरपालिका–११ का सुनिल लुहार र दार्चुलाकै अर्का हरकसिंह ऐरी रहेका छन् ।

मङ्गलबार साँझ ४ः३० बजेतिर अपि नगरपालिका–१६ धापबाट सदरमुकाम खलङ्गा जाँदै गरेको म१ज १४० नंको जिप मसिनबालुवा भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।