0 COMMENTS

IMG_0025काठमाडौँ, २६ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवम् स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालीको आफ्नै मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै सबै नेपालीमा भाइचाराको भावनासमेत सुदृढ गर्न योगदान दिने विश्वास उनले व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।