0 COMMENTS

पोखरा, २५ कात्तिक । चीन सरकारद्वारा मुस्ताङवासीलाई उपलब्ध गराउन ५६ सय बोरा सिमेन्ट कोरला नाकामा आइपुगेको छ । निर्माण सामग्री छड जस्तापाता र खाद्यान्न पनि छिट्टै कोरला नाका हुँदै लोमान्थाङ आउने क्रममा रहेको जिल्ला विकास समिति मुस्ताङका योजना अधिकृत जीवन ज्ञवालीले बताए ।

प्रयेक वर्ष हिउँ पर्नुअघि दुर्गम हिमाली जिल्लामा खाद्यान्न संकट नहोस् भन्ने उद्देश्यले चीन सरकारले उपलब्ध गराउने नियमित सहयोगअन्तर्गत खाद्यान्न आउने पक्रम पनि सुरु भएको छ ।

उपल्लो मुस्ताङका ५ गाविस छोनुप, छोसेर, लोमान्थाङ, घमी, चराङ, सुरखाङको मागअनुसार जिविस मुस्ताङको सिफारिसमा खाद्यान्न आउने क्रम सुरु भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।