0 COMMENTS

 काठमाडौं,२५ कात्तिक । संयुक्त राष्ट्रसंघले भारतलाई तत्काल नेपालमाथिको नाकाबन्दी हटाउन आग्रह गरेको छ । महासचिव बानकी मुनले राष्ट्रसंघीय महासन्धि तथा अन्तराष्ट्रिय कानुनको ठाडो उलंघन गरेको भन्दै भूपरिवेष्ठित मुलुकले पाउने हक र मानवीय कारण उल्लेख गर्दै ढिला नगरी नाकाबन्दी हटाउन भारतसँग आग्रह गरेका हुन् ।

‘भूकम्पपीडित नेपालका गाउँहरुमा सामग्री आपूर्ति गर्न इन्धनको चरम अभावले अवरोध भइरहेको छ,’ दैनिक प्रेस ब्रिफिङको क्रममा मासचिव मुनको भनाइ उदृत गर्दै प्रवक्ता स्टेफेन डिजोरिकले भने, ‘जाडो मौसमसँगै उच्च हिमाली र पहाडी क्षेत्रमा खाद्य सामग्री, लत्ता कपडा र बसोबासको सामग्री अपूर्ति गर्न मानविय संस्थाहरुलाई तत्काल इन्धन आवश्यक छ ।’भारतीय नाकाबन्दीबारे राष्ट्र संघले पहलो पटक आफ्नो आधिकारीक भनाइ बाहिर ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।