0 COMMENTS

miranda-kerr_746462917स्तनको सानो आकारले गर्दा खिन्न युवतीहरुका लागि खुशीको खबर छ । कुनै सर्जरी बिना र औषधी सेवन नगरीकन स्तन ठूलो पार्ने व्यवास्था मिलाउदैछन् एक युवा ।
सर्भियाका आविष्कारक मिलान मिलिक (३० वर्षिय) को दावीअनुसार यो चमत्कारिक ‘ब्रा’ले केवल सात दिनमा, तपाईंको स्तनलाई ठूलो मात्र होइन, थप मुलायम बनाउनेछ र दुई स्तनलाई आपसमा नजिक ल्याउनेछ । केहि दिन भित्रमा सरकारी निकायको परिक्षण गर्दा सफल भएको खण्डमा दुनियाका अनगिन्ती युवतीहरुको अनुहारमा मुस्कान छाउने निश्चित छ । उनीहरु कस्टप्रद स्तन प्रत्यारोपण सर्जरी गर्नुपर्ने वाध्यताबाट मुक्त हुनेछन् ।
मिलन एक भुतपुर्व इन्जिनीयरिंग विद्यार्थी हुन् । आफ्नी प्रेमिकाले स्तन ठूलो पार्ने इच्छा देखाएपछि उनी यस्तो ब्रा आविष्कार गर्नका लागि व्यग्र बनेका थिए । हाल सेक्युरिटी गार्डको रुपमा कार्यरत यी यूवाले महिनौं सजिलोसित स्तन ठूलो बनाउने विधि के हुन सक्छ भनेर अध्ययन गरे । अन्तमा चाहेजस्तो विधी पत्ता लगाएर आविष्कार गरे, भाइब्रेटिंग ‘ब्रा’ ।
उनले आफ्नो भाइब्रेटिंग ‘ब्रा’ लिएर अमेरिकामा पुगेका छन् जहाँ दुई अमेरिकी महिलामाथि पहिलोचोटी यसको परिक्षण गरिएको छ । दुवैको हकमा यसले भनेजस्तो काम गरेको छ । यूरोपमा भने केहि युवतीहरुमाथी यो ‘ब्रा’को सफल परिक्षण भइसकेको छ ।
अमेरिकामा परिक्षण गरिएकामध्ये एउटा मियामीमा ४९ वर्षिया महिलामाथि गरिएको थियो । उनले दिनको १५ मिनेका दरले एक हप्तासम्म यो ब्रा लगाउँदा स्तनको साइज बि बाट बढेर सी भएको थियो । स्वतन्त्र ढंगले यो ‘ब्रा’माथि अध्ययन गरेका प्लास्टिकसर्जन डा. मिचेल साल्जेउरले सब्रिना मोलिनार नामकी ती महिलाको स्तन उल्लेख्य रुपमा बढेको पुष्टि गरेका छन् ।
डेलिमेलसित कुरा गर्दै मोलिनारले स्तन बढ्नुमा ब्रा भन्दा बाहेक अर्को कुनै कारण नभएको बताइन् । एकदमै खुशी देखिएकी उनलेभनिन्, मेरो साइज पहिला ३६ बि थियो । अहिले बढेर सि भएको छ । यद्यपि मैले आफ्ना लागि नयाँ ब्रा किनिसकेकी छैन ।
उनले पहिले आफ्नो दुई स्तन अलिकति सानोठूलो भएकोमा ‘ब्रा’ लगाएपछि दुवै एउटै आकारमा आएको पनि जानकारी दिइन् । उनले अझै ठूला हुन्छन् कि भनेर हेर्न फेरि एकपटक ब्रा लगाउने इच्छा भएको बताइन् । खुशीको कुरा के छ भने परिक्षणको तीन महिलासम्म पनि उनका स्तन घटेका छैनन् । यसको मतलब ब्रा ले दिर्घकालिन रुपमा काम गर्छ भन्ने देखिन्छ ।
मियामीका डाक्टर साल्जेउरले ती महिलाको स्तनको आयतन कम्तिमा ५५ सिसीदेखि १०० सिसीसम्मले बढेको जानकारी दिए । उनले ब्रालाई लिएर अर्को एउटा परिक्षण गर्ने चाहना व्यक्त गरेका छन् । आविष्कारक मिलनकी २४ वर्षिय प्रमिका जेलेना सबिकले सबैभन्दा पहिलो नमुनाको परिक्षण गरेकी थिइन्।
केवल सात दिनमा स्तनहरु फस्टाएपछि यो जोडीको खुशीको सिमा छैन ।मिलन भन्छन्, ‘यो अभियान दुई वर्ष अगाडीको मात्रै हो । जेलेना ठूला स्तन चाहन्थिन् तर सर्जरीबाट डराउँथिन् । मैले उनीजस्तो पिडा भोगिरहेका युवतीलाई ध्यानमा राखेर यो अविष्कार गरेको हुँ ।’ भाइब्रेटिंग ब्राले कसरी काम गर्छ भन्नेमा चाहिँ आविष्कारक खुलेर जवाफ दिन चाहदैनन् ।
प्रतिलिपी अधिकार प्राप्त गर्ने क्रममा नै भएकाले अहिले यसबारे नबोल्ने उनको भनाई । यद्यपि यसले महिलालाई कुनै प्रकारको साइड इफेक्ट नगर्ने उनले दावी गरेका छन् । डा. साल्जाउर यो ब्रामा प्रयोग गरिएको प्रविधिका विषयमा आफूमा सन्देह रहेको बताउँछन् । मैले आविष्कारकसित कुरा गर्दा उनलेस्तनलाई भाइब्रेट गराउँदा साइज कसरी बढ्छ भन्नेबारे कुनै ठूलो वैज्ञानिक कारण प्रस्तुत गरेनन् ।
एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।