0 COMMENTS

कात्तिक २४, काठमाडौं/  भारतीले गरेको नाकाबन्दीबाट नेपालमा भएको इन्धन अभावलाई समाधान गर्नका लागि चिनले दिएको अनुधानको आधा पेट्रोल काठमाडौं आईपुगेको छ । चिनले अनुदानमा दिने भनेको जम्मा १३ लाख लिटर पेट्रोल मध्ये ६ लाख ५५ हजार लिटर पेट्रोल चीनबाट काठमाडौंको थानकोट डिपोमा ल्याएको बताएको छ ।nepal-oil-corporation_nepal1

निगमले चीनबाट ६ लाख ४५ हजार लिटर पेट्रोलको ढुवानी गर्न बाँकी छ । पछिल्लो पटक २५ वटा ट्यांकर तेल लिन केरुङ पुगेका छन् । उनीहरु मंगलबार बेलुकीसम्म काठमाडौं आउनेछन् ।
यसअघि नै चीनबाट ल्याएको पेट्रालको लागि ३ करोड ६४ लाख धरौटी राजश्व रसुवागढी भन्सारमा बुझाएको छ । चीनले केरुङसम्म ट्यांकरमा तेल ढुवानी गरेर नेपाली ट्यांकरमा खन्याउने गर्छ । केही दिनमै चीनले अनुदानमा दिएको सवै पेट्रोल काठमाडौं आइसक्ने नेपाल आयल निगमले जनाएको छ । चीनबाट तेल ढुवानी गर्न निगमले ४० वटा ट्यांकरलाई प्रयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।