0 COMMENTS

Feathers-Dishes-Sowing-font-b-Vegetable-b-font-Annual-Harvest-Of-font-b-Vegetable-b-font.jpg_220x220पाल्पा, २३ कात्तिक / जग्गा भाडामा लिएर रामपुरका युवाले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । रामपुर– १० जाउनेडाँडाका चारजना युवाले एक लाखको लगानीमा तरकारीखेती सुरु गरेका हुन् । विदेश जान लागेका युवाले स्वदेशमै बसी आम्दानी लिने सोच बनाएर १५ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् ।

वार्षिक २२ हजारका दरले तीन वर्षलाई जग्गा भाडामा लिई व्यवसाय थालेका हुन् । अहिले उनीहरुले काँक्रा, गोलभेँडा, खुर्सानी, बोडी जातका तरकारीको आम्दानी लिदैछन् ।

गत जेठबाट सुरु गरिएको व्यवसायबाट अहिलेसम्म दुई लाख भन्दा बढी आम्दानी लिइसकेको कृषक सूर्यप्रसाद रेग्मीले बताए । देशमा बेरोजगारी समस्याका कारण आर्थिक अभाव झेल्दै आएका युवाको मोह विदेशतिर बढेपनी जाउनेडाँडाका युवामा भने गाउँमै बसेर आम्दानी गर्ने सोच रहेकाले व्यावसायिक रुपमा तरकारीखेती सुरु गरेका छन् ।

वार्षिक रुपमा दश लाखसम्मको आम्दानी लिने सोच राखेर अहिले उनीहरुले तरकारी उत्पादन र बजारीकरणलाई जोड दिएका छन् । अर्गानिक रुपमा उत्पादित तरकारीले अहिले बजारमा उचित मूल्य पाएको रेग्मीले बताए ।

रामपुरको बेझाड बजारमा बेमौसमी तरकारीको माग अनुसार उत्पादन गर्न नसकेको उनको भनाइ छ । ‘दैनिक डेढ सय किलो तरकारी उत्पादन गरी बिक्री गर्दै आएका छौँ,’ रेग्मीले भने ।

रामपुर नगरपालिकाको विकट र माथिल्लो भेगमा पर्ने यस जाउनेडाँडा क्षेत्रमा युवाले गरेको व्यावसायिक तरकारीखेतीको अवलोकनका लागि विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति पुग्ने गर्छन् । ‘दिनमा एक सयदेखि डेढ सय किलो तरकारी उत्पादन हुने गर्दछ, बाटोको अवस्था राम्रो नभएको हुँदा बजारसम्म तरकारी बोकेर पु¥याउनुपर्ने हुन्छ,’ कृषक रिमबहादुर श्रेष्ठले भने ।

सम्बन्धित निकायले बाटो मर्मत गरिदिए बजारमा तरकारी पुर्याउने समय काममा खर्चिन पाइनेमा श्रेष्ठ जोड दिन्छन् । बाटो र सिचाइँको समस्या भए पनि गाउँको विकास, परिवर्तनमा युवा नै लाग्नुपर्छ भन्ने मान्यताले सबै युवा वर्गलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्ने प्रेरणा जगाउन आफूहरुले यो व्यवसाय थालनी गरेको अर्का कृषक मीनबहादुर सिञ्जालीको भनाइ छ ।

‘आर्थिक उपार्जन पनि हुने, खेर गएका जग्गा सदुपयोग पनि हुने हुँदा युवाहरु एकजुट भएर व्यवसाय सुरु गरेका हौं,’ उनले भने । बजारको माग अनुसार आवश्यक तरकारी पु¥याउन नसकेकाले छिट्टै नै भविष्यमा व्यवसाय बढाउने सोच राखेको सिञ्जालीले बताए ।

‘कोही नर्सरी राख्ने, कोही तरकारी लगाउने, गोडमेल गर्ने, कसैले तरकारी टिपेर बेच्दैमा दिन गएको पत्तो नै हुँदैन,’ हुमबहादुर आलेले भने, ‘एउटै परिवार जस्तो भएर सामूहिक रुपमा तरकारीखेती गर्दा कामले थकित भए पनि आफूलाई सुखको अनुभूति भएको छ ।’

आफ्नो गाउँ देशको परिवर्तन आफै गर्नुपर्छ, यही बसेर पनि केही गरे आम्दानी लिन सकिन्छ भन्ने सोच बनाएका युवा अहिले धेरैको प्रेरणाको स्रोत बन्न पुगेका छन् । खेर गएको पाखोबारीलाई सदुपयोग गर्दै विदेश जाने मनसाय बोकेका युवाले थालनी गरेको तरकारी व्यवसाय सबैले अपनाउनु जरुरी छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।