0 COMMENTS

 

कात्तिक २४, काठमाडौं । भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्राष्ट्रिय स्तरीकरण गर्ने भएको छ ।

नेपालसँग भन्सार सहजीकरण र सञ्चालन सम्बन्धी २० बुँदे सहमति गरेलगत्तै तिब्बत सरकार प्रमुख लोपस्याङ ग्याल्जेले नेपालतर्फका नाकालाई स्तरोन्नति गर्दै सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने बताएको सन्देश पठाएका छन् ।

लोपस्याङ पाँच वर्षे मूल्यांकन समीक्षा बैठकमा सहभागी हुन बेइजिङ पुगेका छन् ।

उनले त्यहाँ नेपालमा बैठक बसेर फर्केका टोलीसँग भेटेका छन् । टोलीको निर्णयलाई उनले चिनियाँ वाणिज्य मन्त्रालय पुर्‍याउँदै सहयोग प्रक्रिया अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए । यसभन्दा माथिल्लो स्तरको बैठक गरेर काम अघि बढाउन पनि उनले सुझाएका छन् ।

-कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।