काठमाडाैं, २४ कात्तिक / ओली सरकारमा मन्त्रालयभन्दा मन्त्री धेरै भएपछि पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवास परिसरमा गाइजात्रा सुरु भएको छ ।
सक्नेले थर्काएर रोजेको क्वाटर लिने र नसक्नेले चुप लागेर अन्तै डेरा खोज्नुपर्ने स्थिति भएपछि त्यस्तो गाइजात्रा चलेको हो । सुरुमा निजी घरमै बस्ने मनसाय बनाएका एमाओवादीबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले त पुल्चोक क्वाटरको ताला नै फोडेर भवन कब्जा गरेका छन् ।
ताला तोड्नु अघि रायमाझीले ‘भवननको सुब्बा खोइ’ भनेर सोधे । कर्मचारहरुले नासु किरण राईलाई खोजेको होला भन्दै उनको मोबाइल नम्बर रायमाझीलाई दिए । उनले फोन गरेर निवास दिन्छौं की दिदैनौं भनेर सोधेछन् । नासु राईले ‘सबै निवास मन्त्रीहरुले बुक गरिसके दिन सकिंदैन’ भनेछन् । रायमाझीले रवाफ देखाउँदै ‘बढी बोल्ने होइन भोलि देखाउँछु’ भनेर धम्क्याए ।
त्यसपछि एउटा क्वाटर कब्जामा लिए । पहिलो चरणमा मन्त्री भएका मध्ये सबै जसोले रोजीरोजी क्वाटर पाए । तर, दोस्रो चरणमा उपप्रधान र मन्त्री हुनेहरुको भने बेहाल छ । दृष्टि साप्ताहिकमा खबर छ ।