0 COMMENTS

Morcha1-650x390सप्तरी, २३ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका २५ जना केन्द्रीय नेताहरु पक्राउ परेका छन् ।मधेस आन्दोलन सुरु भएको ३ महिना पुग्दा पहिलोपटक नेपाल प्रहरीले २५ जना नेतालाई एक साथ पक्राउ गरेको छ । जसमा पूर्वमन्त्री समेत प्रहरी खोरमा पुगेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी सडकखण्डमा पनि गएराति धर्नामा बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा पूर्व मन्त्री एवम् फोरम लोकतान्त्रिकका पूर्व महासचिव मृगेन्द्र सिंह यादव, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र चौधरी, युवा नेता दिनेशकुमार यादव, विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष किशोरकुमार यादवलगायत दर्जनौँ आन्दोलकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले सडक अवरोध गर्न खोज्ने पूर्वमन्त्रीसहित २५ नेतालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच गएराति सप्तरी प्रहरीले राजमार्गमा सुरक्षा दिई करिब एक हजार २५० सवारी साधनलाई गन्तव्यसम्म पुर्याउन सफल भएको प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ ६०० र पश्चिमबाट पूर्वसम्ममा ६५० साना ठूलो गरी एक हजार २५० सवारी साधनलाई गन्तव्यमा पुर्याएको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग सडकखण्डमा गएराति राजमार्ग अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।सो झडपमा परी दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने करिब दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।सप्तरीको भारदहस्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोर्चाका कार्यकर्ताले सडक अवरोध गर्न धर्नामा बसेका बेला प्रहरीले बन्द खुलाउन लाठी चार्ज गर्दा दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएको आन्दोलन परिचालन समितिका जिल्ला संयोजक सुनिल झाले बताउनुभयो । घाइतेहरुको टाउको फुटेको र घाइते सबैको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।