0 COMMENTS

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न भारत प्रस्थान गरेका छन् ।

संविधान जारी हुनासाथ भारतद्वारा लगाइएको नाकाबन्दी अझ कडा बनेका बेला पूर्वराजा शाहको यो भ्रमणलाई रहस्यमय मानिएको छ । समाचार स्रोतका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गरेका हुन् ।

संविधान जारी हुनुअघि पनि पूर्वराजा शाह बैंकक प्रस्थान गरी भारतीय गृहमन्त्री राजनाथ सिंह र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो तहका नेतालाई भेट गरिएको बताइएको थियो ।

उक्त भेटवार्तापछि पूर्वराजा शाह दिल्ली फर्केर केही दिन बसी काठमाडौं आएका थिए । स्रोतका अनुसार राजसंस्था पुनः स्थापना तत्काल गर्न नसके पनि संविधान जारी हुन ढिलाइ गरिदिने वचन त्यतिबेला भारतले पूर्वराजा शाहलाई दिएको बताइन्थ्यो ।

यो सूचना चिनियाँ राजदूतमार्फत प्राप्त गरेपछि मुलुकका प्रमुख दलहरू हतार हतार १६ बुँदे सम्झौता गर्दै संविधान निर्माणमा जुटेका थिए । पूर्वराजा शाहलाई दिइएको बचनबद्धताअनुरुप संविधान जारी गर्ने अभियानमा ढिलाई गराउन भारतले भरमग्दुर प्रयत्न गरेको थियो । यसका लागि भारतले विभिन्न चरणमा आफ्ना दूतहरु पठाएर संविधान निर्माणको काम स्थगित गर्न दलहरुलाई दबाव दिएको थियो । तरूण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।