0 COMMENTS

काठमाडौं, २३ कात्तिक । केही नेपालीका लागि प्रिय मानिएका नेपाल प्रहरीको मध्यमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी रमेश खरेलले गत वर्ष ३५२ जना प्रहरी जुनियर अधिकृत (असई)को तालिममा दिँदा उनीहरुलाई गरेको शोषणका बारेमा समाचार प्रकाशित भएपछि थप कुराहरु पीडितहरुले बताउँदै गएका छन् ।

तालिम केन्द्रका समादेशक खरेलले ३५२ जना सबै तालिमेलाई ल्यापटप किन्न लगाएर तालिम केन्द्रले सप्लायर्सहरुसँग प्रतिल्यापटप घटीमा रु सातहजार कमिसन खाएको गुनासो पीडित असईहरुले गरेका छन् ।

३५२ जना तालिमे असईलाई अनिवार्य रुपमा ल्यापटप खरिद गर्न लगाएको र प्रतिल्यापटप रु ७ हजारका दरले कमिसन असुल गर्दा पनि रु २४ लाख ६४ हजार रुपैयाँको कमाई भएको कुरा भरतपुर प्रहरी तालिम केन्द्र स्रोत बताउँछ ।

एक लट तालिम दिँदा ल्यापटपमा मात्रै रु २५ लाख खेती कमाई हुन्छ भने रासनलगायत अन्य दैनिक आवश्यक सरसामानको सप्लाईमा कति असुली हुन्छ होला ? सहजै अनुमान गर्न सकिन्छ । साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।